५९ जिल्ला पुग्यो डेंगु, ६ सय ४ संक्रमित भेटिए

पत्रपत्रिकाबाट
२० श्रावण २०७९, शुक्रबार ०७:३७

साउन, काठमाडौ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)ले ५९ जिल्लामा डेंगु संक्रमित भेटिएको जानकारी दिएको छ । ती जिल्लामा ६०४ वटा डेंगुका केस भेटिएको महाशाखाले जानकारी दिएको हो।

रुपन्देहीमा १२३ जना डेंगुका बिरामी पुष्टि हुँदा काठमाडौँमा ६१ र ललितपुरमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । धादिङमा ५५ र संखुवासभामा ३२ जना भेटिँदा बर्दियामा २१ जना बिरामी पुष्टि भएको महाशाखाले जानकारी दिएको छ । भक्तपुरमा ३ जना मात्र डेंगुका बिरामी भेटिएका छन् । एक महिनामा मात्रै ३ सय ९८ जनामा डेंगु पुष्टि भएको सरकारको तथ्यांक छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ । बर्खायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले यसको टोकाइबाट जोखिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*