हेटौंडा उपमहानगरले डेङ्गु नियन्त्रण गर्न थाल्यो दुई वडामा ‘स्प्रे’

तामसालिङ खबर
२० श्रावण २०७९, शुक्रबार ०६:०९

साउन, हेटौंडा – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ । उपमहानगरको ४ र ५ नम्बर वडा क्षेत्रमा रहेका बासिन्दामा डेङ्गुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छिट्न थालिएको बताए ।

संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतना सँगै बढि जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । अहिले हेटौंडा ४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीको मद्दतबाट भैरहेको जनाइएको छ ।

संक्रमण फैलिएका वडाको जोखिम पुर्ण क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरीने जनस्वास्थ्य अधिकृत चौलागाइले बताए । कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

असारको अन्तिमबाट सुरु भएको संक्रमणको दर बिस्तारै बढ्दै गएको र अहिले सम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । संक्रमितहरुको हेटौडा अस्पतालमा उपचार भैरहेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*