नेपाली रग्बी टोलीलाई बिदाइ

तामसालिङ खबर
१९ श्रावण २०७९, बिहीबार १७:४०

साउन, काठमाडौं – इण्डोनेसियामा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ । १२ खेलाडी सहित १८ जनाको नेपाली टोली बिहीबार जाकार्ता प्रस्थान गर्नेछ ।

जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपाल सहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए ।

एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो ।

खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनिषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अपना पौडेल छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*