निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी कमिटि गठन

तामसालिङ खबर
१९ श्रावण २०७९, बिहीबार १८:०६

साउन, हेटौडा – हेटौंडा उप महानगरपालिका १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी बिद्यार्थी युनियन क्याम्पस कमिटि गठन गरेको छ ।

अखिल क्रान्तिकारी जिल्ला कमिटी मकवानपुरद्वारा सन्चालित विद्यार्थी जागरणअभियान अन्तर्गत बिहिबार कमिटि गठन गरिएको हो । BBS तर्फ बिनोद थिङको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस कमिटि गठन गरिएको छ ।

जसको उपाध्यक्ष पुष्पा पुरी, सचिबमा भुवानी रुम्बा, सह–सचीव बिमला थिङ् र कोषाध्यक्षमा अन्जिता भुजेल रहेका छन त्यसै गरि BED तर्फ अमन पुरीको अध्यक्षतामा १५ सदस्य कमिटी गठन गरिएको छ।

उपाध्यक्षमा सहदेब गोले, सचिबमा निगिता जिम्बा, सह सचिबमा , सजित लामा र कोषाध्यक्षमा फुलमाया रुम्बा रहेका छन । कार्यक्रम जिल्ला सह-सचिब राजेन्द्र कुमार मुक्तान, जिल्ला-सह सचिब दिपक वाईबा, जिल्ला कार्यालय सदस्य छोईसाङ लामा, जिल्ला सदस्य प्रचण्ड बैजु, जिल्ला सदस्य सुजन सिलवाल र बिद्यार्थी नेता राहुल लामा उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*