अष्ट्रेलियामा २८ औं विश्व आदिवासी दिवस सास्कृतिक कार्यक्रम सहित भब्य मनाउँदै

तामसालिङ खबर
१८ श्रावण २०७९, बुधबार ०८:४८

साउन, सिड्नी – २८ औं विश्व आदिवासी दिवसको अबसरमा अष्ट्रेलियाको सिड्नी सहरमा विविध सांस्कृतिक कार्यक्रमका साथ भब्य मनाउने भएको छ।

यहि साउन २४ गते पर्ने अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति मञ्चको आयोजनामा उक्त कार्यक्रम हुने हो।

संयुक्त राष्ट्र संघले यसवर्ष आदिवासी ज्ञानको संरक्षण र पुस्तानतरणमा महिलाको भुमिकाबारे उच्च प्राथमिकतामा राखेको छ । यही नारालाई जोड दिदैं विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउन लागेको मञ्चका अध्यक्ष अरुणकुमार तामाङले जानकारी दिनुभयो।

अष्ट्रेलियाको आदिवासी महिला मन्त्री होन लिन्डा बर्नीको प्रमुख आतिथ्यतामा हुने साँस्कृतिक कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने आयोजकले बताए ।

नेपालमा तामाङ समुदायको मौलिक भाषा, सभ्यतामा दर्जनौं गीत साहित्य, संगीत र परम्परागत खानपान संस्कृतिको विषय छानेर कलम चलाउदै सभ्यताको उचाइ रचेका युगिन ढाक्रे पुर्खाका पाइला पछ्याउने, तामाङ साहित्यिक संस्था तामाङ डाजाङका अध्यक्ष चर्चित गीतकार तथा सेलो गायक फूल कुमार बम्जन, र लिम्बू समुदायको चर्चित गायिका मनु नेम्वाङले आफ्नो प्रस्तुति दिने भएको छ ।

कार्यक्रममा सहभागी हुन नेपालबाट पाहुना कलाकारको टोली अष्ट्रेलिया प्रस्थान गरिसकेको छ । कार्यक्रम अगष्ट ६ तारिख साँझ ५ बजे अष्ट्रेलियाको मिराकवेल टाउन हलमा आदिवासी खाना, आदिवासी नृत्य लगायत अन्य विभिन्न कार्यक्रमहरुका साथ आयोजना हुदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*