मकवानपुरमा थप ६ जनामा कोरोना पुष्टि

तामसालिङ खबर
१८ श्रावण २०७९, बुधबार ०६:३९

साउन, हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१७ जनामा गरिएको पिसिआर परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुने ६ जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको कार्यालयले जनाएको छ । सोहि समयमा थप ४ जनाले संक्रमणलाई जितेका छन् ।
जिल्लामा हाल १८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*