पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि

तामसालिङ खबर
११ श्रावण २०७९, बुधबार १६:३७

साउन, काठमाडौं – पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा ५ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ७ सय ७८ पीसीआर परीक्षणमा ४ सय १८ र एक हजार ६ सय ७६ एन्टिजेन परीक्षणमा १ सय ४६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय २ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*