रवि लामिछानेले चुनाव लड्न छाडे ग्यालेक्सी फोर के टीभी

तामसालिङ खबर
२ असार २०७९, बिहीबार १३:००

असार, काठमाडौ – चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

‘उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकी भावनात्मक कुराहरू भए,’ ग्यालेक्सी टीभीका एक कर्मचारीले लोकान्तरसँग भने, ‘कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन ।’

उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् । – लोकन्तरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*