मनहरीका ९ वटै वडामा विपद व्यवस्थापन समिति सक्रिय बनाइने

तामसालिङ खबर
२ असार २०७९, बिहीबार ०६:००

असार, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ९ वटै वडामा वडाध्यक्षको नेतृत्वमा सरोकारवाला निकायहरु सदस्य रहने समितिलाई पुनर्गठन गरी सक्रिय बनाउने भएको छ ।

यसअघि निष्क्रिय बनेको बिपद् व्यवस्थापन समितिको वडा तहको संरचनालाई सक्रिय बनाइने भएको हो ।

गाउँपालिका अध्यक्ष एबम् विपद् व्यवस्थापन समितिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले बिपद्का बेला आश्रय लिन मिल्ने सुरक्षित स्थानहरुको पहिचान गरी गाउँपालिकास्तरीय समितिमा पठाउन पनि सबै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।

त्यसैगरी वडास्तरमा आवश्यक पर्ने बिपद् न्यूनिकरणका लागि सुरक्षा सामग्री र उपकरणहरुको माग गर्न समेत वडास्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*