मनहरी गाउँपालिका ३ का लुइटेल जिसस उपप्रमुखमा निर्वाचित

तामसालिङ खबर
३१ जेष्ठ २०७९, मंगलवार ०७:५६

जेठ, हेटौँडा – जिल्ला समन्वय समिति मकवानपुरको उप-प्रमुख पदमा मनहरी गाउँपालिकाका सानुकाजी लुइटेल निर्वाचित भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्य पदमा निर्वाचित भएका लुइटेल जिल्ला समन्वय समितिको उपप्रमुख बन्नुभएको
हो ।

लुइटेल दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई वडा सदस्यमा निर्वाचित भएको हो । जिल्लाभर रहेका स्थानीय पालिकाका निर्वाचित जनप्रतिनिधिहरुमध्यबाट परेको उम्मेदवारीको आधारमा जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने प्रावधान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*