रुपचन्द्र बिष्टको स्मृति दिवस हेटौंडा, पालुङ र काठमाडौमा मनाईंने

तामसालिङ खबर
३० जेष्ठ २०७९, सोमबार १५:५९

जेठ, हेटौंडा – थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा यसवर्ष मकवानपुर र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ ।

सोमबार रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो पालुङ र काठमाडौंमा मनाउँने निर्णय गरिएको हो । उनको निधन २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो ।

यसअघि रुपचन्द्रको स्मृति दिवसमा पालुङमा निरन्तर र कहिलेकाही काठमाडौंमा मनाईदै आएको थियो । हेटौंडामा रहेको रुपचन्द्र विष्ट स्मारक समितिको आफ्नै भवनमा बसेको बैठकले बहस, अंतर्क्रिया तथा सामाजिक काम गरेर असार ७ गते उनको सम्झना मनाउने निर्णय गरेको हो । समितिको भवन हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा रहेको छ ।

थाहा नगरपालिकाको पालुङमा रुपचन्द्र विष्टको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । विष्टले नेपाली समाज र राजनीतिमा छुट्टै पहिचान बनाएका छन् । उनले सर्वसाधारणमा थाहा आन्दोलनमार्फत चेतनाको विगुल फुकेका थिए । जसले जनप्रतिनिधि र सर्वसाधारण देश र समाजप्रति ईमान्दार हुनुपर्ने शिक्षा दिन्छ ।

समितिका केन्द्रीय अध्यक्ष रामनारायण विडारीको सभाध्यक्षताम भएको बैठकले अन्य निर्णय पनि गरेको छ । बैठकले समितिको केन्द्रीय कमिटीको सल्लाहारमा मकवानपुरका हरिबहादुर महतलाई मनोनयन गरेको छ । उनी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । यस्तै केन्द्रीय समितिको सदस्यमा एकराज उप्रेतीलाई मनोनयन गरिएको छ । उनी मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै बैठकले हेटौडा र आसपासका पालिकालाई समेट्दै रुपचन्द्र विष्ट स्मारक समिति गठन गरेको छ । जसमा शुक्रराज राजथला, विजय गौतम, कमला पौडेल, सुवास बर्तौला, टिकाप्रसाद दुलाल, बलारम विक, बच्चु उप्रेती, श्यामकृष्ण बर्तौला, यज्ञप्रसाद तिमल्सिना, ललिता श्रेष्ठ, गोपाल सुवेदी रहेका छन् । यस कमिटीको सल्लाहाकारमा प्रकाश पौडेल, रञ्जना श्रेष्ठ, दीलबहादुर अधिकारी चयन भएका छन् ।

समितिका केन्द्रीय अध्यक्ष तथा थाहा आन्दोलनका सारथी रामनारायण विडारीले रुपचन्द्र विष्टले वर्षै अघि भनेकुरा अहिले पनि सान्र्दभिक रहेको बताए । रुरुपचन्द्रले देखाएको बाटोमा हिँड्न नसक्दा देश अहिलेको अवस्थामा पुगेको उनको भनाई छ । अब रुपचन्द्रका भनाई, गराई र भोगाईलाई विश्वसामु पुर्याउने काम समितिले थालेको जानकारी दिए ।

विश्वले रुपचन्द्रको थाहा आन्दोलन, सिद्धान्त, नीति र विचार कस्ता थिए भन्ने कुरा अब अध्ययन गर्न पाउने अध्यक्ष विडारीले बताए । जसका लागि समितिले वेवसाईट निर्माण गरेको र असार ७ गते काठमाडौं आयोजना हुने कार्यक्रमबाट त्यसको सुरुवात हुने जानकारी दिए । समितिले यसअघि रुपचन्द्र विष्टका बारेमा पुस्तक समेत प्रकाशन गरिसकेको छ । बैठकमा अध्यक्ष रामनारायण विडारी, एकराज उप्रेती, हरिबहादुर महत, लवशेर विष्ट, विजय गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर तथा एमालेका नेता हरिबहादुर महतले पार्टीले आफुलाई पाखा लगाउँदा एमाले हारेको आरोप लगाएका छन् । रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकमा आफ्नो भनाई राख्ने क्रममा उनले आफुलाई टिकट नदिएकै कारण हेटौंडा उपमहानगरपालिकामा एमालेले हार व्यर्होरेको बताएका हुन् ।

जनताको पक्षमा काम गरेपनि पार्टीको पक्षमा काम नगरेको भन्दै आफुलाई मेयरको टिकट नदिएको आरोप लगाउँदै उनले भने– ‘मलाई मेयर हुँदा पार्टीको लागि काम गरेन भनेर साथीहरुले केपी ओलीसम्म कुरा पुर्याए । जनताको पक्षमा काम गरेको पार्टीले देखेन् । मलाई पाखा लगाएर अर्को उम्मेदवार ल्याउँदा एमालेको अवस्था जनताले कस्तो बनाईंदिए सबैलाई थाहै छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*