प्रीति फन्टमा उकार नलाग्ने समस्या यसरी समाधान गर्नुहोस्

तामसालिङ खबर
३० जेष्ठ २०७९, सोमबार ०५:५५

जेठ, काठमाडौं – नेपाली टाइपिङका लागि प्रीति फन्ट सर्वाधिक प्रयोग गरिने फन्ट हो । केहीले युनिकोडमा नेपाली शब्द टाइप गरेपनि माइक्रोसफ्ट वर्डमा टाइप गर्ने धेरैले प्रीति फन्ट रूचाउने गरेको पाइन्छ ।

प्रीति फन्टमा सुरूमा टाइप गर्दा कतिपय अवस्थामा उकार लेख्दा समस्या आइपर्छ । यो समस्या तपाईंले पनि भोग्नुभएको छ होला ।

उदाहरणका लागि ‘तिमी कुन ठाउँमा बस्छौं ?’ लेख्दा ‘तिमी क’न ठाउँमा बस्छौ ?’ देखिन्छ । आज हामी यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं । यसमा प्रायः ह्रस्व उकार वा दीर्घ उकार लेख्दा यी ‘” संकेत आउने गर्छन् ।

कतिपय अवस्थामा हामीले त्यही समस्याका कारण टाइपिङकाे काम पूर्ण रूपमा बन्द गरेका हुन्छौं । यो समस्या समाधान गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले वर्ड फाइलमा जानुहोस्
– त्यसपछि माथि बायाँपट्टि फाइलको आइकन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
– त्यसपछि तल रहेको वर्ड अप्सनमा (Word Option) क्लिक गर्नुहोस् ।
– त्यसपछि बायाँपट्टि पपुलर, डिस्प्ले, प्रुफिङ भन्ने अप्सन देख्न सकिन्छ । त्यसमध्ये तेस्रोमा भएको प्रुफिङमा ट्याप गर्नुहोस् ।
– त्यसपछि छेउमा अटो करेक्ट अप्सनमा ट्याप गर्नुहोस् ।
– “straight quotes” with “smart quotes” लेखिएको अप्सनमा भएको टिक मार्क हटाउनुहोस् ।
– त्यसपछि तल ओके (Ok) मा क्लिक गर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*