नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस मकवानपुरगढीद्वारा स्वागत तथा सम्मान

तामसालिङ खबर
२९ जेष्ठ २०७९, आईतवार ०७:५८

जेठ, हेटौडा (मकवानपुर गढी) – नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

शनिबार पालिका सभापति राजवीर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनसहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एवम् वडा सदस्यहरुलाई टिका र खादा लगाई स्वागत तथा सम्मान गरिएको हो ।

सभापति मोक्तानले कार्यक्रममा बोल्दै मकवानपुरगढीमा कांग्रेस र गठबन्धनलाई जिताउन अहोरात्र खटिने सबैप्रति आभार व्यक्त गरे । उनले निर्वाचित जनप्रतिनिधिहरुलाई समग्र पालिकावासीको हितका काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेस जिल्ला सदस्य राजकुमार गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरगढी निर्वाचन परिचालन कमिटीका संयोजक यतिराज सापकोटा, २ नम्वर संघीय सचिव बलराम घिमिरे, तरुण दलका पालिका अध्यक्ष सानुकान्छा थिङ, शिक्षक संघका पालिका अध्यक्ष प्रल्हाद घिमिरेलगायतले जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*