प्रेमको सनकले सिर्जना गरेको ८ घण्टे तनाव

पत्रपत्रिकाबाट
२९ जेष्ठ २०७९, आईतवार ०८:४१

जेठ, काठमाडौं – गायक नारायण गोपालको कालजयी गीत ‘एउटा मान्छेको मायाले…’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा–यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।

विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पा-यो ।

स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य असन्तुलित छ । बिहान उनको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत भयो । दिउँसो ११ बजेतिर उनि त्रिशूली गाउँपालिका – ४ मा रहेको बिजुलीको टावरमा चढ्नुभयो । उनको आठ घण्टामा उद्धार भयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*