हेटौंडामा होटलमा सार्वजनिक शौचालय सञ्चालन

तामसालिङ खबर
२८ जेष्ठ २०७९, शनिबार ०८:३६

जेठ, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाको एक जना होटल व्यवसायीले सार्वजनिक सौचालय सञ्चालनमा ल्याएपछि अहिले त्यहाँको चर्चा चुलिएको छ ।

होटल व्यवसायी जंग बहादुर बस्नेतले सञ्चालन गरेको जंगे सेकुवा होटलमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको हो । उनका अनुसार आफ्नो होटल रहेको स्थानमा विभिन्न सुमो सेवाका काउन्टरहरु समेत भएको हुँदा सुमोमा आवतजावत गर्ने विशेषतः वृद्धवृद्धा, महिला र बालबालिकालाई आसपास सौचालय नहुँदा कठिनाइ भएको स्वयमले महसुस गर्दै सार्वजनिक शौचालय संचालन ल्याएका हुन् ।

हेटौंडामा पनि स्थानीय सरकारले संख्यात्मक रुपमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने बस्नेतको भनाइ छ । बस्नेतले २ वर्षअघि हेटौंडा-१ मा व्यावसायिकरुपमा होटल शुरु गरेका थिए । त्यसअघि उनी कपडा तथा तयारी पोशाक व्यवसायी थिए ।

उनले होटलको अग्रभागमै राखिएको साइन बोर्डमै अंग्रेजीमा लेखिएको छ, ‘रेष्ट रुम, ओपन फर पब्लिक ।’ बस्नेतले आफ्नो होटलमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएपछि सामाजिक संजाल भरी अहिले उनको प्रशंसा भइरहेको छ ।

‘वास्तवमा बालेस साह बाटै प्रभावित भएर मैले यो अभियान हाम्रो हेटौंडामा सुरु गरेको हुँ ।, राम्रो काम जसले जहाँबाट सुरु गर्दा पनि हुन्छ काठमाडौंकाले मात्र होइन हेटौडेलीले गर्दा पनि फरक पर्दैन ।’ बस्नेतले भने ।

काठमाडौँका मेयर बालेन शाहको शौचालयबारेको प्रतिवद्धतालाई जोडेर बस्नेतलाई चर्चामा ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*