हेटौंडा अस्पतालको ढिलासुस्ती प्रति कांग्रेस हेटौडा उपमहानगरको ध्यानाकर्षण

तामसालिङ खबर
२६ जेष्ठ २०७९, बिहीबार १८:०५

जेठ, हेटौंडा – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिले हेटौंडा अस्पतालको ढिलासुस्तीको विषयलाई लिएर ध्यानाकर्षण पत्र बुझाएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिंदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडा उपमहानगरले बिहीबार बिहान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

नगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले निमित्त मेसु सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीको बारेमा ध्यानाकर्षण गराउदै तत्काल अस्पतालको समाधान गर्न अनुरोध गरेका छन् ।

विगत केही दिनदेखि बिरामीले उपचार गर्न,प्रयोगशाला परीक्षण प्राप्त गर्न,औषधि लिन दुई दिन लाग्यो भन्दै समाचार र सामाजिक सञ्जालमा आएको कुराले चौतर्फी आलोचना भएपछि कांग्रेस हेटौंडाले अस्पतालनै पुगेर यस विषयमा चासो लिदै समस्या समाधान गर्न अनुरोध गरेको छ ।

कांग्रेस हेटौंडाले अस्पतालको विषयमा गराएको ध्यानाकर्षणमा निमित्त मेसु सापकोटाले भवन र जनशक्तिका कारण उक्त समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्न प्रतिबद्ध रहेको कुरा प्रष्ट पारेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा कांग्रेस हेटौंडाका नगर सचिवद्वय सविन न्यौपाने र हर्करत्न लामा, नगर सहसचिवद्वय निगम श्रेष्ठ र बिकास बानियाँ, नगर कोषाध्यक्ष कुलप्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’ लगायतको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*