नविल बैंकका १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाइने

तामसालिङ खबर
२५ जेष्ठ २०७९, बुधबार १४:१३

जेठ, काठमाडौं – नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिकाभित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो ।

उक्त सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको नविल बैंकका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ ।

सम्झौता पश्चात् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयहरुलाई निःशुल्क प्रयोग गर्नदिने सम्झौता अन्त्य नभएर शुरुवात भएको बताए । उनले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यवद्घता जनाएको स्पष्ट पारे ।

काठमाडौं एक जना मेयरको मात्रै शहर नभएर सबै नगरवासीको शहर भएकाले काठमाडौंलाई अझ सुन्दर बनाउन सक्ने शाहले बताए । उनले भने, ‘नबिलसँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सँधै सँगै अघि बढिरहन्छौं । नबिल बैंकले दीगो बैंकिङको अवधारणा अनुरुप काठमाडौंको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं ।’

त्यस्तै काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले नागरिकको चेतनास्तर बृद्धि र सिकाई अभ्यास गरेर अन्तर्राष्ट्रिय दाजोमा पु¥याउन यस्तो योजना अगाडि बढाएको बताए । उनले नागरिकलाई आकस्मिक सेवा दिँदै सानो काम गरेर जनसर्मथन गर्न अभियान शुरु गरिएको बताए ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । सोही निर्णय बमोजिम ऐक्यवद्धता जनाएको बैंकले बताएको छ ।

सम्झौता अनुसार बैंकले सार्वजनिक प्रयोगलाई सञ्चालनमा ल्याउने शौचालयको सरसफाई र आवश्यक सामग्रीहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयं बैंकले नै गर्नेछ । शौचालयको नियमित मर्मतसम्भार र सरसफाई, पानीको प्रवन्ध, निकासको व्यवस्था दुरुस्त राख्ने बताइएको छ । यो सम्झौता पाँच वर्ष अवधिको हुने सम्झौतामा उल्लेख रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*