मृगौला पीडित चेपाङलाई उपचार गर्न आर्थिक अभाव सहयोगको अपिल

तामसालिङ खबर
२४ जेष्ठ २०७९, मंगलवार ०८:५१

जेठ, हेटौडा (राक्सिराङ) – मकवानपुरको काँकडा निवासी रामकृष्ण प्रजा चेपाङको दुबै मृगौला फेल भएपछि अहिले उहाँ मृत्युसंग लडिरहेका छन् । साथै उहाँले सबैसँग आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।

मकवानपुरका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले हप्ताको दुईचोटी डाइलेसीस गर्नुपर्ने र एकचोटिमा ७ हजार लाग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

साथै ४६ वर्षका चेपाङको मृगौला प्रत्यारोपण गर्न नातेदार तयार भएता पनि आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकेको दुखेसो व्यक्त गरेका छन् । ‘मृगौला दिन्छु भनेर आफन्त आउनु भएको छ तर आफुसँग पैसा नभएकोले डाइलेसीस गरेर मृत्युसँग लडिरहेको छु’ उहाँले भन्नुभयो ।

मकवानपुरको विकट मानिने काँकडा संघियता आएपछि राक्सिराङ्ग गाउँपालिका बन्न पुग्यो । २०७४ को निर्वाचनमा उहाँ नेपाली कांग्रेसबाट वडा न. ८ को अध्यक्षमा निर्वाचित मात्र भएनन् उहाँले गाउँपालिकाको प्रवक्ताको जिम्मेवारीमा समेत रहेर काम गर्नुभएको छ ।

जनता त्यस माथी चेपाङ समूदायको हक अधिकारको लागि लड्दै आईरहेका चेपाङ आर्थिक अभावका कारणले अहिले मृत्युसँग लडिरहेका छन् ।

२८-२९ वर्ष कांग्रेसमा लागेको, काँकडामा कांग्रेस बढाउने काम गरेको त्यो दिन सम्झदैं म मरे भने राक्सिराङ्गमा भोलीको दिनमा कांग्रेसको अवस्था कस्तो हुन्छ भन्नेमा चिन्ता लागेको उहाँले बताउनु भयो ।

पार्टीका केही नेताहरु भेट्न आएता पनि उपचारका लागि आश्वासन मात्रै दिएको र कुनै पनि उपचार प्रक्रियाको लागि सहयोग नगरेको चेपाङले दुख व्यक्त गर्नुभयो । म बाँचेर राक्सिराङ्गमा नेपाली कांग्रेस र सबै चेपाङहरुको सेवा गर्न चाहान्छु चेपाङले भन्नुभयो । पार्टी सरकारमा भएता पनि उपचारका लागि जिल्ला तथा प्रदेश तहका नेताहरुले पहल नै नगरेकोमा खल्लो महशुस गरेको उहाँले बताउभयो ।

कांग्रेसका पुराना नेताहरुमा गनिने चेपाङ पश्चिम मकवानपुरको हजारौं जनता र चेपाङहरुको ढुकढुकी हुन् । उनी बाच्दाँ हजारौं चेपाङहरु बाच्ने कांग्रेस जिल्ला सदस्य जयबहादुर तितुङले बताए । उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगी दाताहरुले सहयोग गरिदिनु हुन सबैलाई तितुङले आग्रह गरेका छन् । – सिधाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*