हेटौंडा उपमहानगरको तीन माओवादी नेतालाई कारबाही

तामसालिङ खबर
२३ जेष्ठ २०७९, सोमबार १८:२७

जेठ, हेटौंडा – नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका कमिटीले तीन जना नगर सचिलाय सदस्यलाई कारबाही गरेको छ ।

बैठकले पार्टीको बिधान बिपरित दोस्रो स्थानीय तह निर्वाचनमा गतिबिधि गरेको भन्दै नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटि सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडा समितिका इन्चार्ज शंकर बहादुर राउत र सचिवालय सदस्य तथा वडा नम्बर १० समितिका इन्चार्ज सन्तोष न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधरण सदस्य नरहनेगरी कारबाही गरेको हो ।

त्यस्तै, नगर सचिवालय सदस्य गिता कार्कील पार्टी परित्याग गरेकोले साधरण सदस्य नरहनेगरी हटाइएको नगर कमिटि अध्यक्ष तिर्थ थापा मगरले बताए । बैठकले नगर समिति सचिवालय सदस्य तीन जना, नगर सदस्य कमरेड दुई जना र वडा समितिका अध्यक्ष एकजनालाई लिखित तथा मौखिक स्पष्टिकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए ।

हेटौंडा १७ नम्बर वडा समितिको इन्चार्ज प्रदिप अर्याल र १० नम्बर वडा समितिको इन्चार्जमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिइएको मगरले बताए । बैठकमा स्थानीय तह दोस्रो निर्वाचन सम्बन्धि समिक्षा गरिएको थियो ।

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर समितिका सदस्यहरु, वडा समितिका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्ष तथा सचिवहरुले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह दोस्रो निर्वाचनमा नगर भित्रको अ-आफ्नो कार्यक्षेत्रको संगठनात्मक गतिबिधि, चुनावी गतिबिधि, गठबन्धनको नीति, समस्या, चुनौती लगायत सवल र दुर्वल पक्षको विषयमा समिक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

बैठकले सबै वडा समितिको समिक्षात्मक बैठक मिति २०७९ जेठ २७ गतेसम्म बसिसक्ने निर्णय गरेको छ । स्थानीय तह दोस्रो निर्वाचन हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत गरिएको नगर अध्यक्ष मगरले बताए ।

नगर समितिका अध्यक्ष मगरको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला समन्वय समितिका संयोजक सर्केस घलान (मधु), सचिव भीम पाख्रिन, हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवके राई, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*