एकीकृत समाजवादीले बहालवाला मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने

तामसालिङ खबर
२२ जेष्ठ २०७९, आईतवार १५:०४

जेठ, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले बहालवाला मन्त्रीहरुलाई बोलाएर नयाँ मन्त्री पठाउने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र बहालवाला मन्त्रीहरुलाई बोलाएर सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

हाल देउवा नेतृत्वको सरकारमा एसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका छन् ।

एसले ६ महिनाका लागि उनीहरुलाई मन्त्री बनाएको थियो । उक्त समयावधि सकिएसँगै एसले अब उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । मन्त्री हेरफेरको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालको हातमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*