झापाको बाह्रदशी गाउँपालिकाको पहिलो निर्णय १२ कक्षासम्म निःशुल्क शिक्षा

तामसालिङ खबर
२१ जेष्ठ २०७९, शनिबार ०८:५२

जेठ, झापा – झापाको बाह्रदशी गाउँपालिकाले पालिका भित्र १२ कक्षासम्म निःशुल्क पढाउने निर्णय गरेको छ । शुक्रबार बसेको पहिलो कार्यपालिका बैठकले कक्षा ११ र १२ कक्षा पनि निः शुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए ।

बाह्रदशीमा १६ वटा सामुदायिक विधालय छन्। त्यसमध्ये ३ वटा विद्यालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ। वडा नं. ३ को पशुपति मावि, वडा नं. ५ को फुलवारी मावि र वडा नं. ७ को गौरीशंकर माविमा ११–१२ पढाई हुने गरेको छ। अन्य सबै विद्यालयमा यसअघि कक्षा १० सम्म निःशुल्क थियो।

यस्तै, कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ। मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति, पञ्चानन राजवंशीको संयोजकत्वमा सामाजिक विकास समिति, लक्ष्मी निरौला अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार समिति, महताव आलमको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति र तारादेवी थपलियाको संयोजकत्वमा क्षमता विकास समिति गठन गरिएको प्रशासन शाखा प्रमुख तेजु रेग्मीले जानकारी दिए ।

सोही बैठकमा यसअघि पाँच वर्ष जनताको सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनप्रतिनिधिलाई धन्यवादसहित सम्मान गरिएको छ। यस्तै, निर्वाचन सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने निर्वाचन अधिकृत पुस्कलराज प्रसाईलाई समेत सम्मान गरिएको रेग्मीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*