‘निर्वाचनमा पाएको जनमतको उच्च सम्मान गर्नुहोस्’– नगर अध्यक्ष लामा

तामसालिङ खबर
८ जेष्ठ २०७९, आईतवार १०:३३

जेठ, हेटौडा (थाहा नगर) – स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका सबैलाई आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष बिनोदकुमार लामाले अनुरोध गर्नु भएको छ ।

आफुले प्राप्त भएको जनमतलाई उच्च सम्मान गर्न बिज्ञप्ती मार्फत यस्तो अनुरोध गरेका हुन् । निर्वाचनका क्रममा मतदाताका मत पाउनुहुने सबै उम्मेदवारहरुलाई बधाई तथा ‘१०’ वर्षे माओवादी जनयुद्ध, जनआन्दोलन लगायतको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र समावेशीतालाई स्थानीय तहको निर्वाचनले मजबुत बनाएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

गणतन्त्र स्थापना पछिको दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेको अवस्थामा सबैलाई विज्ञप्ती मार्फत बधाई समेत दिइएको  छ । अध्यक्ष लामाले विज्ञप्ती मार्फत भनेका छन् – ‘हाम्रो गौरवशाली पार्टीको तर्फबाट थाहा नगरपालिकामा विजयी भएका नगर प्रमुख, वडाअध्यक्षहरु, सदस्यहरु सबैलाई बधाई ज्ञापन गर्दछौं ।’

पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले जनभावनाअनुरूप जनताको सेवामा अहोरात्र खटी जनताको सेवकको रुपमा कार्य गर्नेमा विश्वास रहेको बिज्ञप्तीमा उल्लेख छ । पार्टीका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउने थाहा नगरपालिकाका सम्पुर्ण मतदाताहरु, निर्वाचन कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

बिज्ञप्ती हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*