भरतपुरमा रेनु दाहालको फराकिलो अग्रता

तामसालिङ खबर
८ जेष्ठ २०७९, आईतवार ०८:५५

जेठ, काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ७ हजार १५ मतको फराकिलो अग्रता लिएकी हुन् ।

आइतबार बिहानको मतपरिणाम अनुसार रेनुले ३५ हजार ९८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीले २७ हजार ६८३ मत पाएका छन् । स्वतन्त्र उम्मेदेवार जगन्नाथ पौडेलको ११ हजार ८३५ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ३७ हजार ३२६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले २१ हजार ९०० पाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*