धनगढी उपमहानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी

तामसालिङ खबर
८ जेष्ठ २०७९, आईतवार ०८:५१

जेठ, कैलाली – धनगढी उपमहानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्रका गोपाल हमाल विजयी भएका छन् । हमालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगर धनगढीको प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् । उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका कन्दकला रानाले जितेकी छन् । उनले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी शान्ति अधिकारीलाई १ हजार २६२ मतान्तरले पराजित गरेकी हुन् ।

प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*