हेटौंडा उपमहानगरमा मतगणना सकियो (नामावली सहित)

तामसालिङ खबर
७ जेष्ठ २०७९, शनिबार ०७:३४

जेठ,हेटौडा – हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । गत बैशाख ३१ गतेदेखि सुरु भएको मतगणना कार्य शुक्रबार राति सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा निर्वाचित भएकी छिन् । लामो समय नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार लामा निर्वाचित भएकी हुन् ।

लामाले आफ्नो प्रतिस्पर्धी एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेललाई २ हजार १७२ मतले पराजित गरेकी हुन् । लामाले २३ हजार ८० मत प्राप्त गर्दा पराजित पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । यस्तै, मेयर पदका उम्मदेवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरेका छन् । हेटौंडाको मेयर पदका लागि १८ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाको उपमेयरु पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । बानियाँ ३२ हजार ५ सय ९३ मतसहित उपमेयर पदमा निर्वाचित भएका हुन् । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेलाई २३ हजार ९०६ मत र राप्रपाकी इन्दिरा न्यौपानेलाई ५ हजार ४८६ मत प्राप्त भएको छ ।

हेटौंडाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा, नेपाली कांग्रेसले ८ वटा, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक/एक वडा जितेको छ ।

यी हुन्, हेटौडा उपमहानगरमा निर्वाचित वडा अध्यक्षहरु :
हेटौडा उपमहानगर – १ मा संविन न्यौपाने – (कांग्रेस)
हेटौंडा उपमहानगर – २ मा विष्णु गोपाल महर्जन – (कांग्रेस)
हेटौंडा उपमहानगर – ३ मा ढलकबहादुर थापा – (कांग्रेस)
हेटौंडा उपमहानगर – ४ मा नविन सिग्देल – (एमाले)
हेटौंडा उपमहानगर – ५ मा सुशिल घिमिरे – (एमाले)
हेटौंडा उपमहानगर – ६ मा विष्णुबहादुर दाहाल – (कांग्रेस)
हेटौंडा उपमहानगर – ७ मा दामोदर गौतम – (कांग्रेस)
हेटौंडा उपमहानगर – ८ मा रामकृष्ण थापा – (कांग्रेस)
हेटौंडा उपमहानगर – ९ मा सुकराम केसी – (एकीकृत समाजवादी)
हेटौंडा उपमहानगर – १० मा फूर्बा दोर्जे तामाङ – (एमाले)
हेटौंडा उपमहानगर – ११ मा जुना दाहाल – (एमाले)
हेटौंडा उपमहानगर – १२ मा ललितबहादुर घलान – (माओवादी)
हेटौंडा उपमहानगर – १३ मा पेम्बा लामा – (एमाले)
हेटौंडा उपमहानगर – १४ मा दिपक खड्का – (एमाले)
हेटौंडा उपमहानगर – १५ मा सुनिल मुक्तान – (एमाले)
हेटौंडा उपमहानगर – १६ मा रामकृष्ण कोइराला – (कांग्रेस)
हेटौंडा उपमहानगर – १७ मा उद्धव सत्याल – (कांग्रेस)
हेटौंडा उपमहानगर – १८ मा अनिल कुमार बानियाँ – (एमाले)
हेटौंडा उपमहानगर – १९ मा नरनाथ सुवेदी – (एमाले)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*