हेटौंडा १३ को वडाअध्यक्षमा लामा विजयी

तामसालिङ खबर
७ जेष्ठ २०७९, शनिबार ०८:०७

जेठ, हेटौडा – हेटौंडा उपमहानगरपालिका १३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् ।

शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमान सिं मोक्तानलाई पराजित गरेका हुन् । लामाले १ हजार ३१५ मत प्राप्त गर्दा आइमानले १ हजार २२४ मत प्राप्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*