मनहरीको पालिका अध्यक्षमा कालाखेती, उपाध्यक्षमा मगर बिजयी (मतपरिणाम सहित)

तामसालिङ खबर
५ जेष्ठ २०७९, बिहीबार ०५:३६

जेठ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका रन्जन कालाखेती बिजयी भएका छन् ।

बुधबार साझ गाउँपालिकाको अन्तिम मतपरिणाम आएसंगै कालाखेती ४ हजार ३ सय ९६ मतको फराकिलो मतान्तरले निकटम प्रतिद्वन्दी नेकपा एमालेका एकराज उप्रेतीलाई हराउदै बिजयी भएको हो ।

पालिकाको कुल १९ हजार ५ सय ४ मत खसेकोमा उहाले ९ हजार ३ सय ६६ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी उप्रेतीले ४ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सिता पुलामी मगर ‘रेखा’ बिजयी भएका छन् । मगरले ६ हजार ४ सय ७० मत प्राप्त गर्नुभएको थियो । प्रतिद्वन्द्वी नेकपा एमालेका सुजिता थिङले ५ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको थियो भने उहाहरु बीच १ हजार ३ सय ३२ मतान्तर रहेको थियो।

पालिकाको वडा नम्बर १, ३, ६, ७, ८ र ९ गरि ६ वटा वडामा नेपाली कांग्रेसले बिजयी गरेको छ भने नेकपा माओवादी केन्द्रले २, ४, ५, नम्बर वडा गरि ३ वटा वडामा बिजयी भएका छन् ।

मनहरी गाउँपालिकामा बिजयी भएका वडा अध्यक्षहरु
१ शिव प्रसाद खनाल – वडा नम्बर १ – नेपाली कांग्रेस
२ राजकुमार पाख्रीन – वडा नम्बर २ – नेकपा माओवादी केन्द्र
३ अनन्त प्रकाश अर्याल – वडा नम्बर ३ – नेपाली कांग्रेस
४ प्रकाश थापा – वडा नम्बर ४ – नेकपा माओवादी केन्द्र
५ दिपेन्द्र अधिकारी – वडा नम्बर ५ – नेकपा माओवादी केन्द्र
६ युवराज थपलिया – वडा नम्बर ६ – नेपाली कांग्रेस
७ ठाकुर तितुङ – वडा नम्बर ७ – नेपाली कांग्रेस
८ नारायण उप्रेती – वडा नम्बर ८ – नेपाली कांग्रेस
९ राजकुमार श्रेष्ठ – वडा नम्बर ९ – नेपाली कांग्रेस
=============================

मनहरी गाउँपालिका : अन्तिम मत परिणाम
कुल मतगणना – १९,५०४
अध्यक्ष/उपाध्यक्ष :
अध्यक्षको मतान्तर = ४३९६
उपाध्यक्षको मतान्तर= १३३२

अध्यक्ष
नेपाली कांग्रेस (गठबन्धन) – ९३६६ बिजयी
नेकपा एमाले – ४९७०
नेकपा एकीकृत समाजवादी – १६१४

उपाध्यक्ष
नेकपा माओवादी केन्द्र (गठबन्धन) – ६४७० बिजयी
नेकपा एमाले – ५१३८
नेकपा एकीकृत समाजवादी – २०९१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*