मकवानपुरमा १ नगरपालिका, ६ गाउँपालिकाको मतगणना सकियो, गठबन्धनको अग्रता कायमै

तामसालिङ खबर
४ जेष्ठ २०७९, बुधबार १४:२०

जेठ, हेटौँडा – मकवानपुरमा ६ गाउँपालिका र १ नगरपालिकाको मतगणना सकिएको छ । हालसम्म मकवानपुरको पालिकामा गठबन्धन पहिलो स्थानमा रहेको छ ।

बुधबार दिउँसोसम्म प्राप्त नतिजा अनुसार एमालेले २ वटा गाउँपालिका र एक उपाध्यक्ष जितेको छ । गठबन्धन तर्फबाट नेपाली कांग्रेसले ४ गाउँपालिका र माओवादीले १ नगरपालिकामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले १ उपमेयर र माओवादीले ४ उपाध्यक्ष जित हासिल गरेको छ ।

एमालेले भिमफेदी गाउँपालिका अध्यक्ष तथा इन्द्रसरोवरमा अध्यक्ष र उपाध्यक्ष जितेको छ । इन्द्रसरोवरमा एमालेको उम्मेदवार अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएका छन् ।

अध्यक्षका प्रतिद्वन्दी विश्वलाल लामाले ३४ सय ७२ मत प्राप्त गर्दा पुडासैनीले ३७ सय २२ मत प्राप्त गर्दै २ सय ५० मतको अन्तरले विजयी भएका हुन् । भने भिमफेदीमा एमालेका हिदम लामा ३ सय २ मतले विजयी भएका छन् । लामाले ५५ सय ११ मत प्राप्त गरेका हुन् भने ५२ सय ९ मत प्रतिदवान्दी बद्रीबहादुर स्याङतानले प्राप्त गरेका   थिए ।

यस्तै कांग्रेसले कैलाश गाउँपालिका अध्यक्ष र भिमफेदी गाउँपालिका उपाध्यक्ष जितेको छ । कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मोक्तानले ८ सय ९ मतले पछि पार्दै अध्यक्षमा एमालेका नरेन्द्र लाल रिजाललाई पछि पार्दै मोक्तान विजयी भएका हुन् ।

रिजालले ४ हजार ८८ मत प्राप्त गर्न सफल भएका थिए । भिमफेदीमा कांग्रेसका उम्मेदवार संजिव श्रेष्ठ १६ मतले पछि पार्दै उपाध्यक्ष पदमा विजयी भएका छन् । श्रेष्ठले ५३ सय १५ र नेकपा एमालेका उपाध्यक्ष पार्वती रानाले ५२ सय ९९ मत प्राप्त गरेकी थिइन् ।

कैलाश गाउँपालिकामा माओवादीका बालकुमार मल्लले उपाध्यक्ष जतेका हुन् । नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार सुकुमाया थिङलाई १ सय ५३ मत पछि पार्दै मल्लले जित हातेका हुन् । मल्लले ४ हजार ८८ र थिङले ३९ सय ३५ मत प्राप्त गरेकी थिईन् ।

यस्तै मकवानपुरगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङतान विजयी भएका छन् । नेकपा एमालेका अध्यक्षका उम्मेद्वार बिदुर हुमागाईलाई १ हजार ६१ मतले पछि पार्दै पालिका अध्यक्षले जितेका हुन् भने लामाले ६७ सय ६ र हुमागाँईले ५६ सय ४५ मत पाएका थिए ।

उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मानकुमारी पाख्रिन नेपाली विजयी भएकीछन् । नेपालीले ६१ सय १० र नेकपा एमालेलेकी उपाध्यक्ष उम्मेदवार सन्तु थिङले ५२ सय ४ मत प्राप्त गरेकी थिइन् ।

यस्तै, राक्सिराङ गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका हुन् । मल्लले ९ सय ९ मतले पछि पार्दै नेकपा एमालेका अध्यक्षका उम्मेदवार बाबुलाल स्याङतानलाई पराजित गरेका हुन् भने स्याङतानले ४५ सय ७२ र मल्लले ५४ सय ८१ मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम थिङ निर्वाचित भएका छन् । नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तली माया प्रजाले ४१ सय २९ मत प्राप्त गर्दा थिङले ४८ सय ३९ मत प्राप्त गरेका थिए ।

यस्तै, बकैया गाउँपालिकाको गठबन्धन तर्फका कांग्रेसका अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछाने विजयी भएका छन् । एमालेलेकी उम्मेदवार सरला बोलखे ४ हजार २ सय २६ मतसहित पराजित भएकी हुन् भने लामिछानेले ११ हजार २ सय ९२ मत प्राप्त गर्दा बोलखेले ७ हजार ६६ मत प्राप्त गरेकी थिइन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनका भक्त बहादुर खत्रीले ९ हजार ५ सय २२ मत प्राप्त गर्दै विजयी भएका हुन् भने एमालेका उम्मेदवार लालबहादुर स्याङतानले ७ हजार ६ सय ५२ मत प्राप्त गरेका हुन् ।

यस्तै मकवानपुरको उत्तरी थाहानगर पालिकामा पनि गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनतर्फबाट नेकपा माओवादीका मेयर पदमा विष्णु विष्ट ‘आर्दश’ले ९ हजार ७ सय १९ मत ल्याएर विजयी भएका हुन् भने विष्टको प्रतिस्पर्धी नेकपा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरि पराजित भएका छन् ।

उममेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरि पराजित भएकी छन् ।

बागमती प्रदेशको राजधानी भएको जिल्ला मकवानपुरमा १० वटा स्थानिय तह रहेको छ । १० वटा मध्ये ७ वटा स्थानिय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बैशाख ३० मा सम्पन्न भएको स्थानीय निर्वाचनको ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । जिल्लाको ३ वटा पालिका हेटौँडा उपमहानगरपालिका, बागमती गाउँपालिका र मनहरी गाउँपालिकाको मत परिणाम भने आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*