मनहरी ९ को मतपेटिका कपडाले नछोपिएको बिषयलाई लिई मतगणना कार्य स्थगित

तामसालिङ खबर
४ जेष्ठ २०७९, बुधबार ०५:१२

जेठ, मनहरी ( हेटौडा) – मनहरी वडा नम्बर ९ को मतगणना कार्य स्थगित भएको छ । मतपेटिकालाई कपडाले नढकेको बिषयलाई लिई बिबाद उत्पन्न भएपछी अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनु भयो।

वडा नम्बर – ९ को एउटा मतपेटि कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकाले पछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यलाई अनिश्चित समय सम्मको लागि स्थागित गरिएको सूचनामा उल्लेख छ ।

१ देखि ८ सम्मको गणनामा शान्तिपूर्ण तरिकाले सर्बदलिय बैठकमा भएको निर्णय अनुसार मत गणना कार्य सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*