मनहरी ७ मा भारी मतले वडाअध्यक्षमा ठाकुर तितुङ पुन: निर्वाचित

तामसालिङ खबर
३ जेष्ठ २०७९, मंगलवार १९:५६

जेठ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका ठाकुर तितुङ पुन: निर्वाचित भएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनबाट विजयी भई एक कार्यकाल वडाको नेतृत्व गरीसकेको तितुङ पुनः निर्वाचित भएका हुन् ।

यो संगै मनहरीमा नेपाली कांग्रेसले बिजयी गरेको संख्या ४ वटा वडा पगेको छ । यसअघि मनहरीको १, ३ र ६ नम्बरको वडामा बिजयी हासिल गरिसकेको थियो । वडा नम्बर ७ को कुल २ हजार ९ सय ८४ मत खसेको मध्ये तितुङले १ हजार ४ सय ८९ मत प्राप्त गरेका थिए ।

तितुङको निकटम प्रतिष्पर्धी नेकपा एमालेका नारायण घिसिङले ८ सय ६७ मत प्राप्त गरेका हुन् । यस्तै नेकपा माओवादी केन्द्रका खुशीलाल मुक्तानले भने ३ सय ५० मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*