मनहरी ६ मा नेपाली कांग्रेस बिजयी, गठबन्धनको अग्रता कायमै

तामसालिङ खबर
३ जेष्ठ २०७९, मंगलवार ०७:५७

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस बिजयी भएको छ । मंगलबार बिहान भएको अन्तिम नतिजाले वडा अध्यक्षमा नेपाली कांग्रेसका युवराज थपलिया बिजयी भएको हो । यो संगै मनहरी गाउँपालिकामा कांग्रेसले बिजयी गर्ने वडाको संख्या ३ पुगेको छ।

कुल २ हजार ९ सय ३५ मतमा कांग्रेसका युवराज थपलियाले २ सय ३४ मतान्तरले प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका यदुनाथ श्रेष्ठलाई पछि पार्दै बिजयी भएका छन् । थपलियाले ९ सय ६८ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ७ सय ३४ मत प्राप्त गरेका थिए । ४६ मत भने बदर भएको छ।

त्यस्तै, नेकपा एमालेको गोपीलाल मुक्तानको ७ सय ३ मत, नेकपा (एकीकृत समाजवादी) को ३ सय २१ मत र राप्रपाले ११ मत प्राप्त गरेका थिए ।

पालिका तर्फ गठबन्धनको अग्रता कायमै
मनहरी गाउँपालिका तर्फ गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनका नेपाली कांग्रेसले १ हजार २ सय २७ मत प्राप्त गरेको छ । गठबन्धन कै उपाध्यक्ष नेकपा माओवादी केन्द्रले १ हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेको ५ सय ९७ मत, नेकपा (एकीकृत समाजवादी) को ६ सय ३५ मत, राप्रपाको २० मत र स्वतन्त्र (गुलाफ) २ ले प्राप्त गरेका थिए । त्यस्तै गरि, उपाध्यक्ष तर्फ नेकपा एमालेको ७ सय २ मत, नेकपा (एकीकृत समाजवादी) को ४ सय मत र राप्रपाले १८ मत प्राप्त गरेको छ।

स्थानीय तह निर्वाचन :
मनहरी वडा नम्बर ६ को कुल २९३५ अन्तिम मत परिणाममा : ४६ मत बदर

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – ५९७
नेपाली कांग्रेस – १२२७
नेकपा (एकीकृत समाजवादी) – ६३५
राप्रपा – २०
स्वतन्त्र (गुलाफ) – २

उपाध्यक्ष :
नेकपा एमाले – ७०२
नेकपा माओवादी – ११४७
नेकपा(एकीकृत समाजवादी) – ४००
राप्रपा – १८

वडाअध्यक्ष :
नेकपा एमाले – ७०३
नेपाली कांग्रेस – ९६८ बिजयी
नेकपा माओवादी – ७३४
नेकपा(एकीकृत समाजवादी) – ३२१
राप्रपा – ११

महिला सदस्य
नेकपा एमाले – ७१०
नेपाली कांग्रेस – ९९८ बिजयी
माओवादी केन्द्र – ६५६
नेकपा (एकीकृत समाजवादी) – ३७९

दलित महिला सदस्य
नेकपा एमाले – ७०१
नेपाली कांग्रेस – ९८६ बिजयी
माओवादी केन्द्र – ६५५
नेकपा (एकीकृत समाजवादी) – ३८५

खुल्ला सदस्य
नेकपा एमाले – ७०४
नेपाली कांग्रेस – ९६३ बिजयी
माओवादी केन्द्र – ६३४
नेकपा (एकीकृत समाजवादी) – ३६८
राप्रप्रा – १४

खुल्ला सदस्य दुई
नेकपा एमाले – ६४७
नेपाली कांग्रेस – ९८७ बिजयी
माओवादी केन्द्र – ६०६
नेकपा (एकीकृत समाजवादी) – ३८९
राप्रप्रा – २

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*