मनहरी ५ मा माओवादी केन्द्र अग्र स्थानमा, कांग्रेस दोस्रो

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार १३:११

जेठ, हेटौडा (मनहरी) – मनहरी वडा नम्बर ५ को १ हजार ३ सय ४६ मत गणना गर्दा नेकपा माओवादीको दिपेन्द्र अधिकारीले कांग्रेस संग ९९ सय मतान्तर बढाउदै ५ सय मत प्राप्त गरि पहिलो स्थान बनाउन सफल भएको छ । प्रतिद्वन्दी कांग्रेसको योगेन्द्र अर्याले ४ सय १ मत प्राप्त गरि दोस्रोमा रहेको छ ।

त्यस्तै, एमालेको किशोर बर्तौलाले ३ सय ३२ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् । नेकपा (एकीकृत समाजवादी) को ११ मत र राप्रपाले ३८ मत प्राप्त गरेको छ । पालिका तर्फ गठबन्धन अगाडी नै रहेको छ । गठबन्धनका कांग्रेसले ६ सय ३४ मत प्राप्त गरेको छ । गठबन्धन कै माओवादीले ५ सय ४९ मत पाएको छ ।

त्यस्तै, एमालेको ३ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १३२ मत, राप्रपाको १५ मत र स्वतन्त्र (गुलाफ) १ ले प्राप्त गरेको छ। त्यस्तै गरि, उपाध्यक्ष तर्फ नेकपा एमालेको ३ सय ५३ मत, नेकपा (एकीकृत समाजवादी) को १ सय ३१ मत र राप्रपाको १५ मत रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*