४ सय मत गन्दा मनहरी ५ मा माओवादीको अग्रता

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार ०७:५१

जेठ, हेटौडा (मनहरी) – मनहरी वडा नम्बर ५ को ४ सय मतगणना गर्दा वडामा नेकपा माओवादीले अग्रता कायम गरेको छ । माओवादी केन्द्रले १ सय ४८ मत पाइरहदा कांग्रेसको १ सय १४ मत प्राप्त गरि दोस्रो, एमालेको १ सय १० मतले तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) को ४ मत र राप्रपाको १ मत रहेको छ।

पालिका तर्फ गठबन्धन अगाडी रहेको छ। गठबन्धनका कांग्रेसले १ सय ९० मत प्राप्त गरेको छ। गठबन्धन कै माओवादीले १ सय ५४ मत पाएको छ। त्यसै गरि, नेकपा एमालेको १ सय ६ मत, नेकपा (एकीकृत समाजवादी) ३५ मत र राप्रपाले ४ मत पाएका छन्।

त्यस्तै, एमालेको उपाध्यक्षको १ सय १७ मत, नेकपा (एकीकृत समाजवादी) ४४ मत र राप्रपाले २ मत प्राप्त गरेको छ।

स्थानीय तह निर्वाचन :
मनहरी ५ नम्बर वडाको ४०० मतगणना गर्दा

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – १०६
नेपाली कांग्रेस – १९०
नेकपा (एकीकृत समाजवादी) – ३५
राप्रपा – ४

उपाध्यक्ष :
नेकपा एमाले – ११७
नेकपा माओवादी – १५४
नेकपा(एकीकृत समाजवादी) – ४४
राप्रपा – २

वडाअध्यक्ष :
नेकपा एमाले – ११०
नेपाली कांग्रेस – ११४
नेकपा माओवादी – १४८
नेकपा(एकीकृत समाजवादी) – ४
राप्रपा – १

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*