भीमफेदी गाउँपालिका अध्यक्षमा लामा, उपाध्यक्षमा श्रेष्ठ विजयी

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार ०४:५६

बैशाख, हेटौँडा (भीमफेदी) – भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले गठबन्धनका तर्फका माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् ।

लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरेका थिए । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*