मनहरीमा गठबन्धनको अग्रता कायमै, वडामा कांग्रेस फराकिलो मतान्तरले अगाडी

तामसालिङ खबर
३१ बैशाख २०७९, शनिबार ०७:२९

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर १ बालजीवन ज्योति माबि, मकरी क केन्द्रको ५ सय ८४ मत गनेर सकिएको छ ।

क केन्द्रको मत गन्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले अग्रता कायम नै राखेको छ । गठबन्धनका नेपाली कांग्रेसले २ सय ९७ मत प्राप्त गरेका छन् भने र नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले १ सय २८ मत प्राप्त गरेका छन् ।

दोस्रोमा नेकपा एमालेबाट अध्यक्षमा १ सय १८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा १ सय ३ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकिकृत समाजवादी) बाट अध्यक्ष ६५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ९९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट अध्यक्षले ७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षले ७ मत प्राप्त गरेका छन् ।

वडाअध्यक्ष तर्फ नेपाली कांग्रेसले ३ सय १८ मत प्राप्त गरी फराकिलो अग्रता कायम गरेका छन् । नेकपा एमालेको १ सय ५ मत, नेकपा (एकिकृत समाजवादी) को ९८, मंगोलले ५ र राप्रपाले ३ मत प्राप्त गरेका छन् ।

मनहरी स्थानीय तह निर्वाचन अपडेट :
वडा नं १: ५८४ मत गन्दा (क) केन्द्र – बालजीवन ज्योति मकरी
गाउँपालिका अध्यक्ष :
नेकपा एमाले- ११८
नेपाली कांग्रेस- २९७
नेकपा (एकीकृत समाजवादी) – ६५
राप्रपा- ७
जसपा – ४
उपाध्यक्ष :
नेकपा एमाले – १०३
नेकपा माओवादी- १२८
नेकपा(एकीकृत समाजवादी) – ९९
राप्रपा- ७
वडाअध्यक्ष :
नेपाली कांग्रेस – ३१८
नेकपा एमाले – १०५
नेकपा (एकीकृत समाजवादी) – ९८
राप्रपा – ३
मंगोल – ५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*