मनहरीको ११ वटै मतदान केन्द्रका मतपेटिका लामिटार आइपुग्यो, मतगणना आजैबाट हुने

तामसालिङ खबर
३० बैशाख २०७९, शुक्रबार २०:५७

बैशाख, हेटौंडा (मनहरी) – मनहरी गाउँपालिकामा स्थानीय तहको निर्वाचनको आज भएको मतदान कार्य शान्तिपूर्ण रुपमा  सम्पन्न भएको छ ।

मनहरी गाउँपालिका ९ वटै वडामा शान्तिपूर्ण वातावरणमा मतदान भएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनुभयो । मनहरी ३ लामिटारस्थित मनहरी गाउँपालिकाको सभाहलमा ९ वटै वडाको मतपेटिका आइसकेको निर्वाचन अधिकृत दर्जीले बताउनु भयो ।

अधिकृत दर्जीका अनुसार वडा नम्बर १ मा १ हजार ७ सय ८७ मत, वडा नम्बर २ मा १ हजार ४ सय ८३ मत, वडा नम्बर ३ मा २ हजार ७ सय ५४, वडा नम्बर ४ मा १ हजार ५ सय ८९, वडा नम्बर ५ मा २ हजार ९, वडा नम्बर ६ मा २ हजार ९ सय ३४ मत, वडा नम्बर ७ मा २ हजार ९ सय ८४ मत, वडा नम्बर ८ मा १ हजार ५ सय २४ मत र वडा नम्बर ९ मा २ हजार ४ सय ४० मत सहित जम्मा १९ हजार ५ सय ४ मत अर्थात ७३ प्रतिशत मत खसेको बताउनु भयो ।   

उहाँका अनुसार आज शुक्रबार साँझ बस्ने सर्बदलीय बैठकपछि मतगणना कार्य अघि बढ्नेछ । मतदान कार्यलाई व्यवस्थित बनाउनका लागि बिजुली, इन्टरनेटसहितका अन्य पूर्वाधारहरुको व्यवस्थापन भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*