मौन अवधिमा भोट माग्दै हिँडेका गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

तामसालिङ खबर
२९ बैशाख २०७९, बिहीबार ०८:३२

बैशाख, प्यूठान – प्यूठानको सरुमारानी गाउँपालिकामा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको छ । बुधबार सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

झडपामा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*