मतदान केन्द्र जाँदा ध्यान दिनु पर्ने कुराहरु ?

तामसालिङ खबर
२९ बैशाख २०७९, बिहीबार ०७:००

बैशाख, काठमाण्डौ – मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ ।

निर्वाचन आयोगले बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने भनिएको छ । ‘कुनै राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु लैजान नपाइने विज्ञप्ति उल्लेख छ।

कुनै कार्य कहीँकतैबाट भएमा कानुन बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग अपिल गरेको छ । निर्वाचन भोलि वैशाख ३० गते शुक्रबार हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*