कांग्रेस मनहरी -९ का सचिव गिरीलाई एमाले कार्यकर्ताद्वारा आक्रमण

तामसालिङ खबर
२७ बैशाख २०७९, मंगलवार १५:२७

बैशाख, हेटौडा (मनहरी) – नेपाली कांग्रेस मनहरी गाउँपालिका ९ नम्बर वडा सचिव शिबराज गिरी माथि एमालेका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

गएराती करिब साढे ११ बजेको आसपासमा मोटरसाइकलमा आएर हो-हल्ला गर्दै घरमा सुतिरहेका गिरिलाई घर बहिर बोलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन् । गिरीले कांग्रेसका नेताहरुको उपस्थितिमा घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता गराउनुको साथै पत्रकार सम्मेलन समेत गरेका छन् ।

“राती घरमा सुतिरहेको थिएँ, करिब साढे ११ बजेको समयमा मोटरसाइकल र गाडीमा आएका एमालेका युवाहरुले हर्न बजाउदै अपशब्द बोल्न थालेपछी रातको समयमा किन यस्तो गरेको भन्दा ममाथी आक्रमण गरियो”, गिरीले भने,”

कृष्ण उप्रेती, नकुल उप्रेती, ठाकुर अधिकारी लगायतका एमाले कार्यकर्ताले आक्रम गरेको पीडित गिरिले जानकारी दिए । घटनापछी एमालेको तर्फबाट ९ नम्बर वडा अध्यक्षको उम्मेदवार लक्ष्मण उप्रेतीले आक्रमण गर्ने युवाहरुलाई लिएर गएको गिरीले बताए । एमालेका कार्यकर्ताको आक्रमणबाट आफूलाई कानमा चोट लागेको उनले बताए ।

घटनाको बिषयमा कांग्रेस वडा सभापति एवम् ९ नम्बर वडा अध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले दोषी उपर कडा कारबाही हुनुपर्ने माग गरे । “आक्रमण, हातपात र डरत्रास देखाएर होइन जनताको मन जितेर चुनाव जित्नुपर्छ”, श्रेष्ठले भने, “हामी चुनावपछी पनि यहि वडामा बस्नुछ । झैझगडा नगरम, मित्रवत प्रतिस्पर्धा गरौं ।”

यस्तै कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले कांग्रेसका उम्मेदवार राजकुमार श्रेष्ठको पक्षमा माहौल देखिएपछि बिरोधी आत्तिएर आक्रमणमा उत्रिएको बताए । “हामी जिम्मेवार छौं । कमजोर भएर चुप बसेका होइनौं । प्रहरी प्रशासनले सुरक्षा दिन्छ भन्नेमा बिस्वस्त छौं”, बर्तौलाले भने, ” यो घटनाले थप दुर्घटना बढेमा त्यसको जिम्मेवारी एमालेले लिनुपर्ने उनले चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*