बुथमा सुरक्षाको लागि वाइसिएल खटाइने

तामसालिङ खबर
२७ बैशाख २०७९, मंगलवार १५:२२

बैशाख, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट युवाहरुको संगठन वाईसिएल मकवानपुरले आसन्न स्थानिय चुनाव भय रहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाका बुथहरुमा वाइसिएल खटाउने भएको छ ।

वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीको अनुसार निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनको लागि स्वयंसेवककोरुपमा वाइसिएललाई खटाउने भएको हो ।

जिल्लामा १ बुथ २५ युथ भन्ने नारासहित वाइसिएलले सुरक्षमा खट्न लागेको जनाउदै संयोजक ठकुरीले संबेदनशिल स्थानहरुमा भने ५० देखी ६० जना खटाइने बताउनु  भयो ।

निर्वाचनको मौन अबधी सुरु भएपछी भित्रीरुपमा गरिने चलखेल, नगद तथा मतदाताको अमुल्य मतलाई १ बोरा चामलमा खरिद गर्नसके जस्ता अपराधिक गतिबिधीहरुमा वाइसिएल मकवानपुरले निगरानी राख्ने ठकुरीको भनाई रहेको छ ।

प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफुले चाहेको प्रतिनीधि छान्ने अधिकारको सुरक्षा गर्न वाइसिएल नेपाल लागिपर्ने उहाँको भनाई रहेको छ ।

जिल्लामा रहेको १ सय ६५ मतदान स्थलकाहरुमा ६ हजारको हाराहारीमा वाइसिएल खट्ने उहाँको भनाई रहेको छ । वाइसिएलले मौन अबधीदेखी मत गणनासम्म २४ सै घण्टा पहरा दिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*