मतदानकाे दिन वर्षाकाे पूर्वानुमान भएपछि मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था गर्नू – निर्वाचन आयाेग

तामसालिङ खबर
२७ बैशाख २०७९, मंगलवार ०८:४४

बैशाख, काठमाडौ – स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन अर्थात ३० वैशाखमा वर्षाकाे आँकलन गरिएपछि निर्वाचन आयाेगले हरेक निर्वाचन केन्द्रमा पाल/त्रिपालकाे व्यवस्था गर्न निर्देशन दिएकाे छ।

वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हाे।

शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेकाे हाे। स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन भनिएकाे छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो। साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*