आम जनतालाई महशुस हुनेगरी विकासका कार्यक्रम ल्याउँछु – अध्यक्षका उम्मेदवार तामाङ

तामसालिङ खबर
२६ बैशाख २०७९, सोमबार ०६:१९

बैशाख, हेटौंडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउँपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बद्री तामाङ अध्यक्षको उम्मेदवार रहेको छ । भीमफेदी गाउँपालिकामा शान्ति, रोजगारी, आर्थिक विकासको प्रतिबद्धतासहित उहाँ सहित गठबन्धनका टिम घरदैलो अभियानमा ब्यस्त छन् ।

भीमफेदी गाउँपालिकामा व्यक्ति हावी भएको भन्दै योजना र कार्यक्रमहरु सिमित व्यक्तिले मात्र पाएकाले आम सर्वसाधारणलाई लक्षित गरी योजना तथा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

भीमफेदी गाउँपालिका ऐतिहासिक गाउँपालिका भएकाले भीमफेदीको आम जनतालाई महशुस हुनेगरी कार्यक्रम ल्याउने उहाँको योजना रहेको छ । गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा गर्ने, आवश्यक पूर्वाधार निर्माण गर्ने, गाउँपालिका साविकको भैंसे, कोगटे, भीमफेदी, निबुवाटार, ईपापञ्चकन्या गाउँ विकास समिति र नामटारको १,२,३ नम्बर वडाहरु समटिएर बनेको हो ।

उहाँले भन्नुभयो, ‘भीमफेदी गाउँपालिका कृषिमा आधारित गाउँपालिका हो । कृषि क्षेत्रको विकास नगरी अन्य समृद्ध भीमफेदी सम्भव छैन । बैंकसँग साझेदारी गरेर सहुलियत दरमा लोन लिने व्यवस्था गर्छु । कृषि क्षेत्रलाई प्रोत्सान गर्न सकेसम्म निव्र्याजी ऋणको व्यवस्था गर्ने योजना रहेको छ ।”

समग्र विकासमा आफ्नो ध्यान रहेको भन्दै उहाँले बस्ती संरक्षण, सडक सञ्जाल, पक्की पुल निर्माणमा प्रतिबद्धता रहेको बताउनुभयो । उहाँले प्रत्येक घरमा खानेपानी, युवालक्षित कृषि तथा पशुपालनका कार्यक्रम, शिक्षा क्षेत्रको गुणस्तर विकास गरिने बताउनुभयो ।

भीमफेदीमा ४ दलीय गठबन्धन रहेको उहाँले जानकारी दिनुभयो । गठबन्धनको साथ आफूलाई रहेकाले पनि चुनाव जित्ने उहाँको दाबी छ । अघिल्लो जनप्रतिनिधिले भीमफेदीको स्रोत साधनको सहीरुपमा व्यवस्थापन गरेर आम सर्वसाधारणमा नपु¥याएको उहाँले दाबी गर्नुभयो ।

प्राकृतिक स्रोत साधनको व्यक्तिगतरुपमा प्रयोग गरिएको उहाँले आरोप लगाउनुभयो । अघिल्लो जनप्रतिनिधिको मुख्य समस्या भनेको झुटको खेती रहेको भन्दै उहाँले उनीहरुको झुट नै आफ्नो जितको आधार रहेको बताउनुभयो ।

जनप्रतिनिधि भनेको जनताको सेवक भएको भन्दै उहाँले जनताको सुख दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भीमफेदीमा गठबन्धन मजबुद भएको भन्दै उहाँले वडा तहमा पनि गठबन्धन हुनु जितको आधार रहेको उल्लेख गर्नुभयो ।

उहाँले मतदाता शिक्षा वडागतरुपमा भइरहेको जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुको घरदैलो तथा संयुक्त चुनावी सभा तीव्र गतिमा भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*