केन्द्रीय तरुण परिचालन समितिमा मकवानपुरका भेटवाल चयन

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार १६:११

बैशाख, हेटौडा – नेपाल तरुण दल केन्द्रीय समितिले नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउन देशैभर गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मकवानपुरका राजेश भेटवाल सदस्य पदमा मनोनित भएका छन् ।

केन्द्रीय अध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा गठन भएको समितिमा मकवानपुरबाट भेटवाललाई सदस्य चयन गरिएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका भेटवालसँगै गुरुङले ७७ वटै जिल्लामा ९९ जना सदस्य मनोनित गरी परिचालन गरिएको छ ।

त्यस्तै, केन्द्रीय समितिले स्थानीय तह निर्वाचन प्रदेश स्तरीय तरुण परिचालन समितिमा मकवानपुरका लागि तरुण नेता सञ्जय श्रेष्ठ, राजकुमार बास्तोला र अशोक घलानलाई जिम्मेवारी दिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*