मकवानपुरका मधु अधिकारी नेकपा एसमा प्रवेश

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार १५:५२

बैशाख, हेटौडा – तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएका मकवानपुरका नेता मधुकर अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

आइतबार पोखरा पुगेर नेता अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले अधिकारीलाई पार्टीमा उचित र सम्मानित भूमिका दिइने बताए । नेपालले भने, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखा पाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।’

पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।

यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारी पनि पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा आवद्ध भएका छन् । उनी मधुकर अधिकारीका छोरा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*