मकवानपुरगढीमा गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार ०७:०४

बैशाख, हेटौडा (मकवानपुर गढी) – मकवानपुरगढीमा गठबन्धनका उम्मेदवारहरु भोट माग्दै जनताको घरदैलोमा व्यस्त छन् । शनिबार वडा नम्बर ५ मा वडा अध्यक्षको उम्मेदवारहरुले घरदैलो गरेका छन् ।

वडाको सिमलटार, कालिवन, धादिङ र भालुखोलाको क्षेत्रमा सयौं संख्याको उपस्थितीमा वडा अध्यक्ष पदका उम्मेदवार दिपेश दाहाल लगायत वडा सदस्यहरुले घरदैलो कार्यक्रम गरेको छ ।

दुबै दलका कार्यकर्ताहरुलाई धादिङमा गाउँपालिकाका गठबन्धनका उम्मेदवार अध्यक्षका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षका उम्मेदवार मान कुमारी पाख्रीनले आफ्नो पालिकाका एजेण्डा, प्रतिवद्धता, भावी योजना र कार्य योजनाका प्रतिवद्धताहरु व्यक्त गरेका थिए । वडा अध्यक्ष अध्यक्ष पदका उम्मेदवार दिपेश दाहालले समुन्नत वडा बनाउन आफ्नो संकल्प रहेको बताएका छन् ।

क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान सभापति यतिराज सापकोटा, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, गाउँपालिका उपसभापति थलनाथ घिमिरे लगायतका कांग्रेस नेतृत्वहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*