मकवानपुरगढीको सहायक निर्वाचन अधिकृतमा शिवाकोटी, पुडासैनीलाई हटाईयो

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार ०६:४१

बैशाख, हेटौडा ( मकवानपुर गढी) – मकवानपुरको मकवानपुरगढीमा सहायक निर्वाचन अधिकृतमा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटी आएका छन् ।

नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षलाई जिताऔ भन्दै खुलेआम सामाजिक सञ्जालमा पोष्ट सेयर गरेर विवादमा मुछिएका मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई पदबाट हटाइएको हो ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले पुडासैनीलाई सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीले सामाजिक सञ्जालमा एमालेको प्रचारप्रसार गरेको भेटिएपछी उक्त पदबाट हटाउन मकवानपुरका मुख्य निर्वाचन अधिकृत अधिकृत डिल्लीरत्न श्रेष्ठले पुडासैनीलाई कारबाही गरि जिम्मेवारीबाट हटाउन भनेका थिए।

पुडासैनीले प्रचारप्रसारमा संलग्न भएपछि गठबन्धनका दल नेपाली कांग्रेसका गाउँपालिका सभापति राजविर मुक्तान र नेकपा माओवादी केन्द्रका अध्यक्ष राजुकमार खड्काले संयुक्त रुपमा सहायक निर्वाचन अधिकृत पदबाट निष्कासन गर्न मकवानपुरगढीको निर्वाचन अधिकृत नारन प्रसाद पोखरेललाई पत्र दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*