मनहरी – ४ मा वडा स्तरको मिनी अस्पताल, रिङरोड बनाउने तितुङको प्रतिवद्धता

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०८:५८

बैशाख, हेटौडा (मनहरी) – नेकपा एमालेको वडाअध्यक्षको उम्मेदवार सानुकान्छा तितुङले रिङरोड बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर ४ बाट उम्मेदवारी दिएका तितुङले प्रतिवद्धता पत्रमा सो कुरा उल्लेख गरेका हुन् । उनले मनहरी ४ को डोलबारी र ज्यामीरेटोल रिङरोड निर्माण गर्ने प्रष्ट पारेका छन् ।

उनले २३ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । जसमा वडाअध्यक्ष निर्वाचीत भएपश्चात सरकारी सेवा सुबिधा गरिब तथा विपन्न परिवारको स्वास्थ्य र शिक्षामा खर्च गर्ने जनाइएको छ । यस्तै ४ नं. वडाको कार्यालय ऋषेश्वर मन्दिर क्षेत्र आसपासमा बनाउने उल्लेख गरीएको छ ।

तितुङले सार्वजनिक गरेको पत्रमा काठको पोल बिस्थापित गरी थ्रीफेज लाइन पुर्याउन पहल गर्ने बताइएको छ । साथै वडामा मिनी स्तरको अस्पताल बनाउन पहल गर्ने र वडाकै मातहतमा एम्वुलेन्स सञ्चालन गरीने प्रतिवद्धतापत्रमा उल्लेख गरीएको छ ।

हेर्नुहोस् प्रतिबद्धता पत्र –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*