डीआईजी वसन्तकुमार लामा एआईजी बढुवामा सिफारिस

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०७:०३

बैशाख, काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि उनलाई सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले शुक्रबार एक सूचना जारी गरी उनलाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*