बकैयामा मतदाता शिक्षासँगै घरदैलो तीव्र

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०७:००

बैशाख, हेटौडा (बकैया) – मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई मत हाल्न मतदाता शिक्षा प्रभावकारी बनाउदैं लगिएको छ । प्रदेश (क) सचिव भूमिनन्द गौतमको नेतृत्वमा गाउँपालिकाको १२ वटै वडाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न मतदान शिक्षा दिइएको छ ।

उम्मेदवारहरुले पनि घरदैलो तथा चुनावी सभा गर्दा मतदान गर्ने तरिका बारे जानकारी दिइएको छ । तामाङ समूदाय बढी रहेको क्षेत्रमा तामाङ भाष बाटै शिक्षा प्रदान गरिएको गौतमले बताए ।

शुक्रबार गठबन्धनका उम्मेदवारहरुले संयुक्त रुपमा हात्तीसुढेँ क्षेत्रमा ¥याली प्रदर्शन गरि घरदैलो गरेका छन् । विहान घरदैलो पश्चात अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछाने र उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले संयुक्त रुपमा बकैया १ धियाँलको तीनभङ्गाले, दोभान लगायतको क्षेत्रमा चुनावी सभा गरेका थिए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार लामिछानेले धियाँल क्षेत्रमा रहेको जोखिम बस्तीको सुरक्षित आवाजको व्यवस्था, तटबन्धन, ठुलो वडा रहेकाले सहायक वडा बनाउने पहल गरिने बताएका थिए । उनले यस क्षेत्रमा सिँचाई, कृषि उपज उत्पादन, पशुपालन सहित शिक्षा स्वास्थ्य क्षेत्रमा आफ्नो प्रतिवद्धता अनुरुप पूर्णरुपमा पालना गरिने बताएका छन् ।

त्यस्तै, उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले गठबन्धनका उम्मेदवारले गाउँपालिकाको समृद्धि र विकासको लागि भनी तयार पारिएको घोषणा पत्र अनुरुप अक्षरस कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । गठबन्धनका उम्मेदवारले भोली शनिबार हात्तिसुढेँ देखी श्रीपुर हुदैं कर्मचुली सम्म घरदैलो अभियान गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*