मेयर भएपछि पाउने गाडी रेडक्रसलाई एम्बुलेन्स प्रयोग गर्न दिन्छु – दीपकबहादुर सिंह

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०६:५६

बैशाख, हेटौडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले आफू मेयर पदमा निर्वाचित भएमा आफूले पाउने गाडी एम्बुलेन्स प्रयोगका लागि हस्तान्तरण गर्ने बताउनुभएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा शुक्रबार हेटौँडा १६, १७ र १८ मा घरदैलोमा पुग्नुभएका सिंहले निर्वाचित भएको १५ दिनभित्र आफूले पाउने गाडी रेडक्रसलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिने बताउनुभएको हो ।

सिंहले आफू हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा विजयी भएमा हेटौँडाको विकास तीव्र रूपमा गर्ने र हेटौँडालाई देशकै एक नम्बरको नगर बनाउने दोहो¥याउनुभयो ।

राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनेपछि सिंहले अहिले प्रचारप्रसारलाई तीव्रता दिनुभएको छ । प्रचारप्रसारका क्रममा मतदाताहरूबाट दीपकसिंह नै अहिले हेटौंडाको आवश्यकता भएको प्रतिक्रिया आएको थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*